रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन् ।

प्रचण्ड बुधबार साँझ ६ बजे नख्खु कारागार पुग्ने कार्यक्रम छ ।

लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा छन् । उनी यसअघि रूपन्देही कारागारमा थिए, उनी गत शनिबार नख्खु कारागारमा सारिएका हुन् ।

स्वास्थ्यमा समस्दा देखिएपछि वीर अस्पताल लगेर उनको रगत जाँच गरिएको थियो । त्यसक्रममा उनलाई भिटामिन डीको कमी देखिएको थियो ।