
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसिरहेको छ ।
बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा संसदीय दल कार्यसमितिको बैठक बसिरहेको हो ।
बैठकमा पार्टी सभापतिसमेत रहेका संसदीय दलका नेता देउवासहित पदाधिकारी, पूर्वपदाधिकारी, प्रमुख सचेतक, सचेतक र वरिष्ठ सांसदहरू सहभागी छन् ।
उपसभामुख इन्दिरा रानालाई हटाउने प्रस्तावसँगै भूमि, निजामती, विद्यालय शिक्षा, संवैधानिक परिषद्लगायत विधेयकका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।








प्रतिक्रिया