
काठमाडौं । विश्वप्रसिद्ध चीनिँया ईभी ब्रान्ड जील्ली ईएक्स–५ र जेवाई एयरका गाडीहरु सार्वजनिक गरेको छ । मंगलबार नाडा अटो शोमा जील्ली ईएक्स–५ र जेवाई एयरका गाडीहरु सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएसँगैं जील्ली ईएक्स–५ म्याक्स र प्रो साथै जेवाई एयर अल्ट्रा र लाइट अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि मंगलबारबाटै टेष्ट ड्राइभ र खरिद दुबैका लागि उपलब्ध भएका छन् ।
ड्रिमस्मार्टको सहकार्यमा एलआरआर मोटर्सले नेपालमा गिल्ली ईएक्स–५ भित्र्याएको हो जुन एलआरआर मोटर्स जेवाई अटो ग्रुपको नेपालका लागि पनि सहकार्य छ ।
यस वर्षको एनएडिए अटो शोमा कम्पनीले एसयूभी र भ्यानहरूका लागि विशेष योजना ल्याएको छ । ग्राहकहरूले गिल्ली ईएक्स–५ म्याक्स ६४ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन्, जसको वास्तविक मूल्य ७० लाख हो ।
त्यसैगरी, गिल्ली ईएक्स–५ प्रो ५४ लाख ९९ हजारमा उपलब्ध छ, भने यसको वास्तविक मूल्य ५८ लाख रहेको थियो ।
यी मोडलहरूका साथै, एलआरआर मोटर्सले एसयूभी, सेडान र हैचब्याकमा समेत नेपाली ग्राहकहरूका लागि थप आकर्षक योजना र अफरहरू उपलब्ध गराएको छ।

त्यसैगरी, जेवाई एयरका मोडलहरूमा पनि विशेष योजना गरिएको छ । बजारमा ८८ लाखको मूल्य भएको जेवाई एयर अल्ट्रा हाल ६४ लाख ९९ हजारमा उपलब्ध छ भने बजार मूल्य ५४ लाख भएको जेवाई एयर लाइट ४९ लाख ९९ हजारमा खरिद गर्न सकिनेछ ।
एलआरआर मोटर्सले गिल्ली ईएक्स–५-जेवाई एयर दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि योजना घोषणा गरेको छ ।
२ लाखको डाउनपेमेन्ट गर्ने ग्राहकले विशेष सुविधासहितको गाडी प्राप्त गर्नेछन्, साथै आइफोन १६ प्रो म्याक्स, वा एक स्कुटर, वा १ लाख क्यास डिस्काउन्ट मध्ये कुनै एक पाउनेछन् ।
यो सुविधा कम्पनीले ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले ल्याएको हो र एसयूभी तथा ह्याचब्याकमा समेत आकर्षक योजना गरिएको छ ।









प्रतिक्रिया