उपसभामुख हटाउने बारे कांग्रेसमा शेखर पक्ष असन्तुष्ट, हस्ताक्षर गर्न आएनन्

336
Shares

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारीप्रति कांग्रेसमा शेखर कोइरालापक्ष असन्तुष्ट देखिएको छ।

यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बिहान बुढानीलकण्ठमा बोलाएको बैठकमा कोइराला सहभागी भएनन् । संसदीय दलमा हस्ताक्षर संकलनका लागि बोलाइएका सांसदमध्ये कोइरालापक्षका सांसद उपस्थित थिएनन्।

कांग्रेसले पदाधिकारी बैठक सभापति निवास बुढानीलकण्ठमा बोलाएको थियो। बैठक सकिएलगत्तै सांसदहरुलाई सिंहदरबार बोलाएर हस्ताक्षर संकलन सुरु गरिएको छ ।

हस्ताक्षरमा बडूमात्रै उपस्थित भएका हुन् । यस्तै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि मंगलबार हस्ताक्षर गरेका छैनन् ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताबीच उपसभामुखलाई पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखका लगायतका नेताको सहभागिता थियो।