
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले अटो व्यवसायी वा निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
मंगलबार नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ को उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले निजी क्षेत्रलाई प्रोत्साहन गरेका छन् ।
उनले भने ‘अब कसैले असन्तुष्ट नै हुनुपर्छ भन्ने कसम खाएको छ भने अलग कुरा हो अन्यथा अहिले निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने ठाउँ छैन् ।’ मौद्रिक नीति र त्यसअगाडिको वित्त नीति व्यवहारिक र व्यवसायी मैत्री बनाएर ल्याएको दाबी पनि ओलीले नाडा अटो सोमा गरे ।
उनले सरकारले स्टार्टअप, इनोभेसन र उत्पादनलाई सधैं प्रोत्साहन गर्दै आएको बताए । सरकारले नेपालको पूर्वाधार विकास र विस्तारमा प्राथमिकताका साथ काम गरेको बताउदै ओलीले सडक पूर्वाधार तथ सुदृढ र राम्रो हुँदै जाने पनि बताए ।







प्रतिक्रिया