
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले तयार पार्ने लेखापरीक्षण प्रतिवेदनको ढाँचा हेरफेर गरेको छ । केन्द्रीय बैंकले सोमबार एक परिपत्र जारी गर्दै एकीकृत निर्देशन संशोधन गर्दै लङ फर्म अडिट रिपोर्टको ढाँचा संशोधन गरेको हो ।
परिवर्तित लेखापरीक्षण्को प्रतिवेदन ढाँचा गत आर्थिक वर्षको रिपोर्ट तयार पार्दादेखि नै कार्यान्वयन हुनेछ । अर्थात्, आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन नयाँ फर्म्याटमा तयार पार्नुपर्नेछ ।
केन्द्रीय बैंकले लेखापरीक्षकले जोखिम व्यवस्थापनबारे दिनुपर्ने राय थप गर्दै कर्जा जोखिमजर्फ गैरबैंकिङ सम्पत्ति, ईएसआरएम, जोखिम व्यवस्थापन समितिबारे पनि राय दिनुपर्ने व्यवस्था गरेको छ । यसैगरी सञ्चालन जोखिमतर्फ आईटी र साइबर सेक्युरिटी जोखिमबारे पनि राय दिनुपर्नेछ ।
यता आन्तरिक नियन्त्रण प्रणालीतर्फ कम्प्लायन्स फंक्सन, राष्ट्र बैंकको अनुगमन प्रतिवेदन, डिजिटल बैंकिङसमेतबारे राय थप गर्नुपर्नेछ ।
भुक्तानी प्रणाली, पुँजी पर्याप्तता र पुँजीबारे अनुपालना पालना गरे नगरेकेा विषय पनि अडिट रिपोर्टमा सामेल गर्नुपर्नेछ ।
यसैगरी यसअघिको रिपोर्ट ढाँचामा नसमेटिएको विषयहरू पनि समेट्नुपर्ने गरी राष्ट्र बैंकले नयाँ फर्म्याट बनाएको छ ।
यस्तो छ नयाँ व्यवस्थाः







प्रतिक्रिया