
पृष्ठभूमि
आजको तीव्र प्रविधिगत विकासले विश्वलाई नयाँ युगमा डोर्याउँदैछ । आर्टिफिसियल इन्टलिजेनस (एआई) को विकासका साथै सूचना प्रविधिको आधारमा अघि बढदा आज कुनै पनि देश विश्व समुदायसँग अलग रहन सक्दैन ।
नेपालमा पनि यसको प्रवेश रोचक तरिकाले आर्टिफिसियल इन्टलिजेनसबाट बनाइएका फोटोहरु मःमः को भारी बोकेर दौडिरहेको सानो बच्चाको विज्ञापनदेखि लिएर ठूलो किटलीबाट चिया पिउँदै गरेको मानिस, नेवारी परिकार यःमरी बनाउँदै गरेको दृश्य भाइरल फोटोहरुबाट प्रचारमा आएका हुन् । तर एआईको क्षमता यस्ता तस्विर बनाउनमा मात्र सीमित छैन, यसको वास्तविक शक्ति त हाम्रो जीवनका हरेक पक्षलाई बदल्न सक्ने सामथ्र्यमा निहित छ ।
हाल विश्वले गरिरहेको नवीनतम् प्रयोगहरुमा एआई प्रविधि जुन मानिसले जस्तै सोच्ने, बोल्ने र काम गर्न सक्ने गरी इनपुट, प्रोसेसिङ र आउटपुटका आधारमा विकास गरिएको प्रणाली नै एआई (आर्टिफिसिल इन्टेलिजेन्स) हो । यस प्रविधिको अध्ययनमा मेसिन लर्निङ, बिग डाटा लगायत नेचुरल ल्याङग्वेज प्रोसेसिङ र रोबोटिक्स जस्ता अनेकौ प्रविधिहरु पर्दछन् ।
विश्वमा शिक्षा, स्वास्थ्य, उद्योग, वित्तीय संस्थाहरूदेखि सञ्चारमाध्यमसम्म ओपन एआई च्याट जीपीटी, हुँदै डिपसिक, डीप लर्निङ, भर्चुअल एसिस्टेन्टहरू एमेजनको सिरी, एलेक्सा, माइक्रोसफ्टको कोटना, डिफ फेक, डिप सिक, जेमिनाई, लगायत एआईको सहायकहरु हाम्रो दैनिक जीवनको हिस्सा बनिसकेका छन् भने कप्म्युटर भिजन स्टिमहरू मानव स्वास्थ्यको चेकजाँज, रोगको पहिचान र जटिल शल्यक्रियासम्म एआईको प्रयोग हुन थालेको छ ।
विकसित प्रविधिहरु स्वास्थ्य, शिक्षा, उद्योगदेखि उड्डयनजस्ता महत्वपूर्ण क्षेत्रहरूमा यसको प्रयोगले नयाँ सम्भावनाहरूको ढोका खोलेको छ ।
अहिले एआईलाई मानिसले गर्नसक्ने कुनै काममा मात्रै प्रयोग गरिँदै आइएको छ । एउटा मानवले सम्पूर्ण सोच्ने वा कार्य सम्पादन गर्ने हिसाबमा एआई प्रयोगमा ल्याउन सकिएको छैन ।
एआईलाई खासगरी तीन भागमा वर्गीकरण गररे हेर्ने गरिएको छ–
आर्टिफिसियल न्यारो इन्टेलिजेन्स जसलाई न्यारो एआई पनि भनिन्छ । दोस्रो, आर्टिफिसियल जेनरल इन्टेलिजेन्स र तेस्रो, आर्टिफिसियल सुपर इन्टिलिजेन्स रहेको छ ।
साधारणतया हामीले मोबाइल फोनहरूमा प्रयोग गर्ने एआई विक एआईभित्रै पर्छन् । यस्तो एआई निश्चित काममा मात्रै प्रयोग हुन्छ ।
एमेजनको एलेक्सा, मोबाइल फोनमा प्रयोग हुने फेस भेरिफिकेसन, गुगल म्यापलगायतका प्रविधिहरू न्यारो एआईभित्रै पर्छन् । आर्टिफिसियल जेनरल इन्टेलिजेन्स अन्तर्गत न्यारो इन्टेलिजेन्स भन्दा धेरै उन्नत स्तर हो र धेरैजसो सबै काममा सोच्न र निर्णय लिन सक्छ । आर्टिफिसियल सुपर इन्टिलेजेन्समा कम्युटरहरू मानिसभन्दा लाखौँ गुणा तेज हुन्छन् ।
आजको दिनमा सामाजिक सञ्जाल जस्तै फेसबुकमा अनुहार पत्ता लगाएर सम्बन्धित व्यक्तिलाई ट्याग गर्ने प्रविधिमा एआईको प्रयोग हुने गरेको छ ।
फेसबुक, एक्स, यूट्युव जस्ता सामाजिक सञ्जालहरूले आपत्तिजनक तथा कानूनले बर्जित गरेका सामाग्रीहरू एआईको प्रयोग गरेर हटाउने गरेका छन् ।
यस्तै सरकारी सुरक्षा व्यवस्था मजबुत बनाउन पनि विश्वव्यापीरुपमा एआईको प्रयोग बढ्दो छ । मानवले गर्न नसक्ने औद्योगिक उत्पादनमा एआई प्रविधिको प्रयोग गरेर मानवरहित उत्पादन विश्वले गरिहेको छ ।
संसार एआईतर्फ गइरहेको समयमा हवाई उडान क्षेत्रमा पनि यसको प्रयोग उपयोगिता रहेको नर्कान सकिँदैन ।
एआई को प्रविधि प्रयोगले सुरक्षा, सेवा, समय व्यवस्थापन र कुशल संचालन गरिरहेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पनि एआई प्रविधिको प्रयोग मार्फत निम्न प्रकारहको फाइदाहरु लिन सकिन्छ :
फ्रिक्वेन्ट फ्लायर्स अध्ययन गरी यात्रुको यात्रा इतिहास र प्राथमिकताका आधारमा एआई प्रयोग गरेर व्यक्तिगत इन–फ्लाइट मनोरञ्जन, खाना, विशेष अफरहरू वा सिट अपग्रेड अफरहरू सिफारिस गर्न सकिन्छ ।
च्याटबोट र भर्चुअल सहायकहरू मार्फत ३६५ डेज सर्भिस, २४/७ यात्रुका जिज्ञासा, बुकिङ, र सेवा सम्बन्धी समस्याहरूलाई च्याट बोट वा भ्वाइस मेसेजबाट समाधान मा प्रयोग गर्न सक्छन् ।
भ्वाइस–एक्टिभेटेड सेवाहरूः यात्रुको स्वर आदेशअनुसार मनोरञ्जन, सिट समायोजन, वा सेवा अनुरोधहरूमा प्रतिक्रिया दिन सक्ने एआई सहायक उपकरणहरू विमानभित्र प्रयोग गर्न सकिन्छ ।
एआईले ग्राहकको पछिल्लो व्यवहार, र बुकिङ ढाँचाको विश्लेषण गरेर ग्राहकलाई अझ प्रभावकारी रूपमा ग्राहक वर्गीकरण गर्न सक्छ ।
यात्राको सम्भावित पूर्वानुमान मोडेलहरूका आधारमा अनुकूलित प्रचारात्मक सिजनल अफरहरू इमेलहरूमार्फत पठाउन सकिन्छ ।
एआई उपकरणहरू प्रयोग गरेर प्रचार नाराहरू, सामाजिक सञ्जाल पोस्टहरू वा यात्रा गन्तव्य प्रचार सामग्री सिर्जना गर्न सकिन्छ ।
एआईले जहाजका भागहरू कहिले मर्मत आवश्यक पर्छ भन्ने पूर्वानुमान गराउन सकिन्छ, जसले उडानमा नियमितता/ विश्वसनियतामा बढाउँछ ।
स्मार्ट प्रणालीहरूले कर्मचारी प्राथमिकता र संचालन आवश्यकतालाई सन्तुलनमा राखेर कर्मचारी तालिकाकरण गर्न सक्छन्।
बजार प्रवृत्तिका आधारमा बजार सम्भाव्यताका नयाँ मार्गहरू सिफारिस गर्न वा मार्ग विस्तारका सम्भाव्यता परीक्षण गर्न एआई प्रयोग गर्न सकिन्छ।
भर्चुअल क्याविन डिजाइन र संरचनामा एआईको प्रयोगगरी यात्रु वर्गको प्रतिक्रियाको विश्लेषण गरेर अझ आरामदायी र आकर्षक केबिन पुनः डिजाइन गर्न सकिन्छ ।
यात्रुले भर्चुअल रियालिटीको माध्यमबाट एआई–संचालित अनुभवका साथ सिट चयन वा केबिन पूर्वावलोकन गर्न सक्छन् ।
एआईले इन्धन बचत गर्ने उडान योजना मोडेल गर्न र सिफारिस गर्न सक्छ।
ढिलाइ वा आपतकालीन अवस्थाहरूमा सहानुभूतिपूर्ण र परिस्थिति–अनुकूल सन्देश तुरुन्तै उत्पन्न गर्न एआई उपकरणहरू प्रयोग गर्न सकिन्छ।
सीमित समयको छुट वा फ्ल्यास सेल प्रस्ताव सोसियल एप्लिकेसन मार्फत प्रचार गर्न सकिन्छ ।
तालिम सत्रहरू सिकाइ शैलीको आधारमा अनुकूल बनाउन एआई प्रयोग गर्न सकिन्छ।
एआई प्रविधि मैत्री बन्नका लागि आवश्यक पूर्वाधार:
प्रविधिमा लगानी: एआईसँग सम्बन्धित सफ्टवेयर, हार्डवेयर र तालिममा लगानी आवश्यक छ ।
सीप विकास: कर्मचारीलाई एआई र डाटा साइन्सका सीप दिन आवश्यक छ ।
परिवर्तनको चाहना: नयाँ प्रणाली अपनाउन तयार हुनुपर्ने ।
निष्कर्ष
हवाई क्षेत्रमा एआईको प्रयोग अझ व्यापक हुँदै जाने र यसको प्रयोग नै आजको विश्वको ठूलो उपलब्धि हो । एआईको प्रयोगले उड्डयन क्षेत्रलाई अझ सुरक्षित, स्मार्ट र कुशल बनाउँदै लगेको छ । प्रतिस्पर्धाको बजारमा एयरलाइन्स र विमान निर्माण कम्पनीहरूले एआई जस्ता डिजिटल प्रविधिहरूलाई अंगाल्नैपर्नेछ ।
यसको नकारात्मक पक्ष भनेकै एआई हतियार परमाणु हतियारभन्दा खतरनाक रुपमा प्रयोग हुन सक्ने हुन्छ । एआईमा आधारित स्वचालित हतियारहरू जस्तै ड्रोन, किलर रोबोट, साइबर हतियार परमाणु हतियारभन्दा सस्तो, छिटो उत्पादनयोग्य र अनियन्त्रण हुने भएकाले अझ धेरै विनाशकारी हुनसक्ने छ र एआई तीब्ररुपमा विकास हुँदै गएमा मानिसका कामहरू खोसिँदै जाने र यसले बेरोजगारी बढाउने सम्भावना रहेको छ ।
यसबाहेक तथ्याङ्ककको गोपनियता र सुरक्षा ठूलो चुनौती हुन् । साइबर सेक्युरिटिमार्फत ह्याक भएका तथ्याङ्कहरुको विवरणबाट गलत निर्णय लिन गई हानी नोक्सानी हुन सक्छ । यदि ह्याकरहरुले हवाई सेवाको एआई प्राणालीमा पहुँच पाए भने अटो पाइलट, फ्लाइट रुटहरुको कृत्रिम स्वचालित संयन्त्रहरुलाई आफ्नो नियन्त्रणमा लिएर भयावह अवस्था सिर्जना गर्न सक्छन् । यसले मानव सभ्यता नै जोखिममा पर्ने सम्भावना छ । यसरी हरेक पक्षको सकारात्मक र नकारात्मक पक्ष भए जस्तै यस प्रविधिको प्रयोगले नै परिवर्तन ल्याउन सकिन्छ । तर यसलाई सफल बनाउन योजना, डाटा, सुरक्षामा ध्यान दिनुपर्छ र दक्ष जनशक्ति तयार गर्नुपर्छ । भविष्यमा एआईबाट हवाई क्षेत्रमा महत्वपूर्ण पाटो भई अटोमेशन प्रक्रियामा सुधार ल्याइरहेकोले फ्लाइट उडान, मर्मत सम्भारमा मानवीय त्रुटिहरु हटाई भरपर्दो र सुरक्षात्मक उडानको अपेक्षा गर्न सकिन्छ ।
(सागर श्रेष्ठको यो लेख निगमको ६७ औं वार्षिकोत्सव विशेषाङ्क – आकाश भैरवबाट लिइएको हो ।)








प्रतिक्रिया