लिङ्देन जस्तो भारतबाट गाडी चोरेर ल्याएर बेच्नेको सन्तान म होइन: प्रसाईं (भिडियो)

1.4k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि गम्भीर आरोप लगाएका छन् ।

भक्तपुरस्थित आफ्नो निवासमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले लिङ्देन भारतबाट गाडी चोरेर बिक्री गर्नेको सन्तान भएको आरोप लगाए ।

‘राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने, उहाँले मलाई बैंक ठग भन्नुभयो । १५ गते जुन धोका गर्नुभयो, अब जीवनमा फेरि मलाई धोका दिन सक्नुहुन्न,’ प्रसाईंले आक्रोशित हुँदै भने, ‘तपाईंजस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन । गाडी चोरेर ल्याएर भात खाने मान्छे म होइन।’

प्रसाईंले गत चैत १५ गते राप्रपाले आफूलाई धोका दिएको दाबी गर्दै भने, ‘त्यो दिन मलाई मिलेर छुरी हानिएको थियो । तर म बाँच्न सफल भएको मान्छे हुँ ।’