
एजेन्सी । ग्रीसको कोर्फुबाट उडेको बोइङ ७५७–३०० विमानमा रहेका करिब ३०० यात्रुले मृत्युलाई नजिकैबाट अनुभव गरेका छन् ।
शनिबार राति विमान उडेलगत्तै दायाँ इन्जिनमा आगो लागेको थियो ।
जर्मनीको बजेट एयरलाइन्स कन्डोरको यो विमान जर्मनीको डसेलडर्फतर्फ २७३ जना यात्रु र ८ जना कर्मचारीसहित उडेको थियो । कोर्फुबाट उडेको एक घण्टापछि इटालीको ब्रिन्डिसी शहरमा विमानको आपतकालीन अवतरण गरियो ।
आगो लागेको डरलाग्दो दृश्य देखिने भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भएको छ ।
१८ सेकेन्डको एउटा भिडियो विशेषगरी भयावह छ । त्यसमा विमानको दायाँ भागबाट चुरोट सल्काउँदा निस्कने ज्वालाजस्तै चमक देखिन्छ, जुन १५ सेकेन्डसम्म चलिरहन्छ ।
४३ मिनेटपछि त्यो विमान इटालीको ब्रिन्डिसीस्थित कासाले एयरपोर्टमा अवतरण गरेको देखिन्छ ।
पाइलटले खराब इन्जिन बन्द गरेर पहिला कोर्फु फर्कन प्रयास गरेका थिए । तर, अन्ततः अर्काे इन्जिनको सहायता लिएर ब्रिन्डिसीमा अवतरण गर्ने निर्णय लिए ।
कन्डोर एयरलाइन्सले यात्रुहरूलाई पाएको असुविधाका लागि माफी मागेको छ । होटेल अभावका कारण उनीहरूले विमानस्थलमै रात बिताउनुपरेको थियो । भोलिपल्ट मात्र उनीहरूलाई डसेलडर्फ पुर्याइएको थियो ।
बोइङ ७५७ यात्रुवाहक विमान मोडलहरूमध्ये पुरानो मानिन्छ । ‘अटारी फरारी’ उपनाम पाएको यस विमान मोडलले करिब पाँच दशकदेखि नियमित सेवा दिइरहेको छ ।
बोइङ विमान उड्दै गर्दा इन्जिनमा आगो लागेको यो पहिलोपटक भने होइन । गत महिना मात्र अमेरिकाको डेल्टा एयरलाइन्सको विमान लस एन्जलसबाट एटलान्टासम्मको उडानका क्रममा बायाँ इन्जिनमा आगो लागेपछि विमान फर्कनुपरेको थियो ।
A German Condor aircraft flying to Düsseldorf made an emergency landing in southern Italy due to engine failure caused by suspected bird strike.
— FL360aero (@fl360aero) August 17, 2025
The Condor Boeing 757-330 aircraft (D-ABOK) flying from Corfu (CFU) to Dusseldorf (DUS) started spitting flames right after the… pic.twitter.com/k4b0W0myqg







प्रतिक्रिया