म राजावादी होइन: दुर्गा प्रसाईं

1.2k
Shares

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं आफू राजावादी नभएको तर्क गरेका छन् ।

केही साताअघि जेलमुक्त भएका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै आफू कुनै वादी नभएको बताए ।

उनले आफू राप्रपा, राजावादी नभएको तर्क गरे । प्रसाईंले आफू राष्ट्रवादी भएको बताए ।

‘राजा पनि राजावादी होइनन् म पनि होइन,’ उनले भने, ‘म राजावादी होइन राष्ट्रवादी हो । यो दल नेपाल र नेपालीको हुन्छ । भुईमान्छे र सर्वाहाराको पार्टी हुन्छ ।’