
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।
आफूहरूले अभियान चलाउँदा कोठामा ताला लगाउने जस्ता अवरोधहरू भोग्नु परेको भन्दै उनले संविधान अनुसार राजनीतिक दल खोलेर अघि बढ्ने बताए ।
‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा छन्। राजनीतिले बिगारेको यो सुधारका लागि हामी राजनीति मा संलग्न हुन बाध्य भएका छौं,’ उनले भने ।
प्रसाईंले केही समयमै आफ्नो दलको नाम सार्वजनिक गर्ने बताए । उनले आफ्नो लडाइँ राजनीतिक भन्दा आर्थिक मुद्दा हुने बताए ।








प्रतिक्रिया