
काठमाडौं । सिटिजन्स क्यापिटलका २ म्युचुअल फण्डले लाभांश दिने घोषणा गरेका छन् ।
सिटिजन्स क्यापिटलले आफ्ना दुई म्युचुअल फण्डहरु म्युचुअल फण्ड २ र सुपर ३० म्युचुअल फण्डबाट ईकाइधनि ८.२५ प्रतिशत र १२.७५ प्रतिशत नगद लाभंश दिने घोषणा गरेको हो ।
सिटिजन्स म्युचुअल फण्डअन्तर्गत संचालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको आइतबार बसेको संचालक समितिको बैंकठले दुई म्युचुअल फण्डबाट ईकाइधनिहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
बैंठकले सिटिजन्स म्युचुअल फण्ड २ बाट कर सहित ८.२५ प्रतिशत नगद लाभांश र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित नै १२.७५ प्रतिशत लाभंश दिने निर्णय गरेको छ ।
उक्त लाभांश वितरण प्रयोजनको लागि भदौ १३ गते १ दिन दुवै म्युचुअल फण्डको ईकाइधनी दर्ता किताब बन्द हुने जानकारी गराइएको छ ।








प्रतिक्रिया