
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सर्वोत्तम सिमेन्टको नाफा १ अर्ब रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १४ करोड ९३ लाख हजार रुपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा नाफा ५७२.५१ प्रतिशतले नाफा बढेको हो।
गत आर्थिक वर्षमा कम्पनीले कुल १ अर्ब ४५ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको हो । कम्पनीको बिक्री आम्दानीमा उललेख्य वृद्धि भएसँगै नाफा पनि बढेको हो ।
गत आर्थिक वर्षमा कम्पनीले ९ अर्ब ५५ करोड ३ लाख ४८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ३७ करोड २३ लाख ४० हजार रुपैयाँको बिक्री आम्दानी गरेको हो । बिक्री आम्दानी नै ३ अर्बभन्दा धेरैले बढेको कम्पनीको ग्रस नाफा २ अर्ब ६ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको आम्दानीसँगै खर्च पनि बढेको छ । कुल खर्च ६१ करोड ४१ लाख ८९ हजार रुपैयाँबाट बढेर ९४ करोड ८१ लाख ८८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको आयकर अघिको नाफा १९ करोड २१ लाख ५७ हजार रुपैयाँबाट बढेर १ अर्ब २७ करोड ६१ लाख ६५ हजार रुपैयाँ पुगेको हो ।
४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७४ पैसाबाट बढेर २० रुपैयाँ १९ पैसा पुगेको छ । कम्पनीको जगेडा तथा सञ्चित कोषमा ४ अर्ब ७३ करोड ७९ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको दीर्घकालीन ऋण ९ करोड ९५ लाख ९८ हजार रुपैयाँ र अल्पकालीन ऋण ३ अर्ब ७१ करोड ३९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ पुगेको छ ।







प्रतिक्रिया