
काठमाडौं । नेपाल टेलिकमको खुद नाफा ५७.२१ प्रतिशत प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०८१ /८२ कुल सञ्चालन आय ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार रहेको छ । टेलिकमले यो सञ्चालन आय गत आर्थिक वर्ष २०८०/८१को भन्दा २ करोड ७८ लाख २३ हजारले कमी हो ।
टेलिकमले गत आर्थिक वर्षमा ०.०८ प्रतिशतले मात्रै सञ्चालन आयमा कमी आएको बताएको भए पनि यसको खुद नाफा भने ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार रुपैयाँले घटेको छ ।
गत वर्ष टेलिकमको नाफा घट्नुको प्रमुख कारण जीएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब रुपैयाँ एकमुष्ठ भुक्तानी गर्नुपरेको सोके कारण टेलिमकले पाउने बैंक ब्याजदर गुम्दानी यसको असर नाफामा परेको हो ।
टेलिकम सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि अघिल्लो आवमा ४ अर्ब ९७ करोड रुपैयाँ र गत आवमा १३ अर्ब १५ करोड रुपैयाँ छुट्टयाको छ । जसका कारण टेलिकमको लगानीमा भएको कमी तथा ब्याज दरमा क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा गत आवको तुलनामा ३ अर्ब ७ करोड ११ लाख ४२ हजारले कमी भएको पनि टेलिकमले जानकारी दिएको छ ।
टेलिकमको नाफा घट्नुको कारणमा ओटीटी सेवाहरुको व्यापक प्रयोग रहेको पाइएको छ । विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आवको तुलनामा करिब ४१ करोड ९० लाख ७० हजार रुपैयाँ (अर्थात् १४ प्रतिशत) ले कम भएको छ ।
प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले मोबिलिटी गरी वाईफाई सेवा दिइरहेकोले मोबाइलको डाटा प्रयोगमा उल्लेखनीय कमी भएको, राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमासमेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको कारण पनि नाफामा कमी आएको टेलिकमले जनाएको छ ।
सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकुल असर परेको, कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा चालु आवमा १३ अर्ब १५ करोड कारण नाफामा असर परेको टेलिकमले जनाएको छ ।








प्रतिक्रिया