सोभियत संघ लेखिएको स्विटर लगाएर अलास्का पुगे रुसका विदेशमन्त्री (भिडियो)

1.1k
Shares

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच शुक्रवार हुने शिखरवार्ताका लागि रुसी प्रतिनिधिमण्डलको पहिलो जत्था अलास्का पुगेको छ ।

उक्त जत्थमा रुसका विदेशमन्त्री सर्गे लाभरोभ पनि छन् । अलास्का पुगेपछि लाभरोभले यस शिखरवार्ताबाट कुनै परिणाम आइहाल्ने अपेक्षा नगरिएको बताए ।

एन्कोरेजमा पुग्नेबित्तिकै उनले रोसिया–२४ टेलिभिजन च्यानलसँग कुरा गर्दै आफूहरूले अमेरिकासमक्ष स्पष्ट रूपमा तर्कहरू राख्ने बताए ।

पुटिन र ट्रम्पबीचको शिखरवार्ताका लागि द्रुत गतिमा तयारी गरिएको थियो । गत साता ट्रम्पका विशेषदूत स्टिभ विटकोफले मस्को भ्रमण गरेर यस शिखरवार्ताको आधार बनाएका थिए ।

यस संवादलाई भविष्यमा पनि जारी राखिने लाभरोभको भनाइ छ ।

विदेशमन्त्री लाभरोभले सोभियत संघ (यूएसएसआर) लेखिएको टीशर्ट स्विटर लगाएको देख्दा त्यसलाई सन्देशका रूपमा लिइएको छ ।

लाभरोभ सहित रुसी प्रतिनिधिमण्डलको एक जत्था स्थानीय समयअनुसार बिहान ६ः४० मा एल्मेनडोर्फ एयर फोर्स बेस पुगेको छ । रुसी विमान मस्कोबाट १० घन्टा उडेर अलास्का पुगेको हो ।