चीनले खोल्यो नयाँ भिसा, कसले दिन पाउँछ निवेदन ?

196
Shares

एजेन्सी । चीनले विज्ञान तथा प्रविधि क्षेत्रका प्रतिभाशाली युवाहरूका लागि नयाँ भिसा ल्याउने भएको छ ।

स्टेट काउन्सिलले यसको निर्णय गरेको हो । यस निर्णयअनुसार, चीनले सामाज्य भिसा क्याटेगोरीमा ‘के’ भिसा पनि थप्नेछ । त्यसका लागि विज्ञान र प्रविधि क्षेत्रका युवा व्यावसायिकहरू योग्य मानिनेछन् ।

चिनियाँ अधिकारीहरूले तोकेको योग्यता तथा अन्य मापदण्ड पूरा गर्ने र सान्दर्भिक कागजात पेश गर्ने आवेदकहरूले यो भिसा पाउनेछन् ।

यो नयाँ नियम अक्टोबर १ बाट लागू हुनेछ ।

चीनमा १२ किसिमका सामान्य भिसा छन् । विशिष्ट ‘के’ भिसा पाउने व्यक्तिहरूलाई धेरैपटक चीन प्रवेश गर्न र लामो समयसम्म बस्न सुविधा दिइएको छ ।

‘के’ भिसामा प्रवेश गरेका व्यक्तिले शिक्षा, संस्कृति र विज्ञान प्रविधिका साथै व्यापारिक गतिविधिमा पनि सहभागी हुन पाउनेछन् ।

यसका लागि आवेदन दिनेहरूका लागि चिनियाँ रोजगारदाता वा कम्पनीको निमन्त्रण आवश्यक छैन । आवेदन प्रक्रिया छिटोछरितो हुनेछ ।

चीनले श्रम क्षेत्रको विकासलाई थप अघि बढाउने, विदेशका प्रतिभाशाली युवालाई चीन भित्र्याउन र अन्तर्राष्ट्रिय सहकार्य तथा प्रतिभा आदानप्रदान गर्न यो निर्णय लिइएको चिनियाँ अधिकारीहरूको भनाइ छ ।

भिसा नियममा लचकता अपनाएकाले अहिले चीनमा ठूलो संख्यामा विदेशीहरू पुग्ने गरेका छन् । सन् २०२५ को पहिलो ६ महिनामा मात्र ३ करोड ८० लाख विदेशीहरू चीन पुगेका वा बाहिरिएका थिए ।

Skip This