
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा अपर तामाकोशी हाइड्रोपावरको नोक्सानी २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको नोक्सानी २ अर्ब ६ करोड ७४ लाख पुगेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने कम्पनीको नोक्सानी २ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ थियो ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको सञ्चित नोक्सानी १२ अर्ब १८ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा भने कम्पनीको यस्तो सञ्चित नोक्सानी ९ अर्ब ८८ करोड ११ लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी १२.१५ रुपैयाँले ऋणात्मक छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीको प्रतिसेयर आम्दानी ११.९१ रुपैयाँले ऋणात्मक थियो ।
अघिल्लो आर्थिक वर्षमा ५७.४८ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ गत आर्थिक वर्षमा ४५.३४ रुपैयाँ कायम भएको छ ।








प्रतिक्रिया