सन नेपाल लाइफको नाफा ५.६५ प्रतिशतले घट्यो

49
Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएकोमा कम्पनीको गत आर्थिक वर्षको नाफा भने ५.६५ प्रतिशतले घटेको हो ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा घटेपनि कम्पनीको आम्दानी भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा भने ५ अर्ब ४० करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीको खर्च पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ खर्च गरेको कम्पनीले गत आर्थिक वर्षमा भने ४ अर्ब ९० करोड रुपैयाँ कुल खर्च गरेको छ ।

प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा ५४ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ११.२२ रुपैयाा छ भने प्रतिसेयर नेटवर्थ १५४.२३ रुपैयाँ छ ।