
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ५३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीले ५० करोड २४ लाख रुपैयाँ नाफा गरेको थियो जुन गत वर्षको तुलनामा ५.९५ प्रतिशतले कम हो ।
नाफा घटेपनि कम्पनीको कुल आम्दानी भने बढेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले २ अर्ब ५० करोड ३३ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ९ करोड ५२ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीेले ३ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको थियो ।
वित्तीय विवरणअनुसार कम्पनीको कुल खर्च पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६२ करोड २४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले गत आर्थिक वर्षमा भने १ अर्ब ९४ करोड ८० लाख रुपैयाँ बराबरको कुल खर्च गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २१.२९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २१०.३४ रुपैयाँ छ । यस्तै, कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२०.७४ रुपैयाँ छ ।







प्रतिक्रिया