
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ मा ३२ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।
गत आर्थिक वर्षको एक वर्षमा कम्पनीले कुल ३२ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको हो जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ७ करोड ६३ लाख रुपैयाँको भन्दा ७६.७१ प्रतिशतले बढी हो ।
कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको आम्दानीसँगै खर्च पनि बढेको छ । गत आर्थिक वर्षमा कम्पनीको ३१ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ । अघिल्लो आर्थिक वर्ष भने ७ करोड ७३ लाख रुपैयाँ कुल खर्च भएको थियो ।
गत आर्थिक वर्षमा कम्पनीले १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीको यस्तो नाफा ७६ लाख ५ हजार रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा कम्पनीले २७ करोड १४ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले २ करोड ८४ लाखरुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।
वित्तीय विवरणअनुसार कम्पनीको जीवन बिमा कोषमा १९ करोड २६ लाख रहेको छ । गत आर्थिक वर्षमा कम्पनीले पुनर्बिमा मार्फत् ५ करोड ४७ लाख रुपैयाँ खर्चिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भने कम्पनीले पुनर्बिमा मार्फत् १४ लाख २५ हजार रुपैयाँ खर्चिएको थियो । अघिल्लो आर्थिक वर्षमा १.४५ रुपैयाँ रहेको कम्पनीको वार्षिक ईपीएस गत आर्थिक वर्षमा आउँदा २.१९ रुपैयाँ कायम भएको छ ।







प्रतिक्रिया