३ दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, साढे ७ अर्बको कारोबार

63
Shares

काठमाडौं । लगातारको तीन दिनको गिरावटपछि सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ ।

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से० २.६२ अंकले बढेर २७८८.३६ बिन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबारको दिन बुधबार भने नेप्से १०.५० अंकले घटेको थियो । मंगलबार २६.२२ र सोमबार २७.९० अंकले नेप्से घटेको थियो ।

बिहीबार कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा ६ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका मध्ये १०८ कम्पनीको सेयर मुल्य बढ्दा १४१ कम्पनीको घटेको छ । बिहीबार नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Skip This