भारतको कश्मीरमा आरीघोप्टे वर्षा, हताहतीको आशंका

868
Shares

एजेन्सी । भारतको जम्मु कश्मीरस्थित किश्तवाडमा बिहीवार आरीघोप्टे वर्षा भएको छ ।

स्थानीय समयअनुसार, अपराह्न साढे १२ बजे क्लाउडबर्स्ट भएपछि चशोटी गाउँमा भयंकर बाढी आएको छ ।

मचैल माताको मन्दिर दर्शन गर्न जाने आरम्भिक विन्दु यही गाउँ हो ।

धार्मिक यात्राका लागि कैयौं मानिस त्यस गाउँमा भेला भएका थिए । आरीघोप्टे वर्षा भएपछि तीर्थयात्री फसेका थिए । कैयौं मानिस मरेको आशंका गरिएको छ ।

अहिले उद्धारकार्य जारी छ । सुरक्षाकर्मी र स्थानीयहरू उद्धारमा खटिएका छन् ।

मचैल माता तीर्थयात्रा अगस्ट महिनामा हुने गर्छ । त्यसमा हजारौं भक्तजन आउने गर्छन् ।

जम्मुबाट किश्तवाडसम्म २१० किलोमिटर गाडीमा गएर त्यसपछि चशोटीसम्म गाडीमा २० किलोमिटर जानुपर्ने हुन्छ । त्यहाँबाट मचैलसम्म साढे ८ किलोमिटर पैल हिँड्नुपर्छ ।

नौ दिनअघि भारतको उत्तराखण्डस्थित धरालीमा भएको आरीघोप्टे वर्षाका कारण आएको लेदोयुक्त बाढीमा परेर ६६ जना अहिलेसम्म हराइरहेका छन् । तीमध्ये २४ जना नेपाली कामदार पनि रहेका छन् । हराइरहेकामध्ये एकजनाको लाश फेला परेको बताइएको छ ।