नेप्से घट्नेक्रम जारी, सूचक ५ अंकले घट्दा ६ अर्बको कारोबार

42
Shares

काठमाडौं । सेयर बजार घट्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२८ अंकले घटेर २७९०.९५ बिन्दुमा रोकिएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से २६.२२ अंकले घटेको थियो भने सोमबार २७.९० अंकले घटेको थियो ।

बुधबार नेप्सेमा कुल ६ अर्ब १६ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये ८९ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।