
काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको छ । अध्यक्ष राजेन्द्र लिङदेनकै सामुन्ने भएको उक्त विवादपछि कार्यक्रम स्थलमा प्रहरीले हस्तक्षेप गरेको हो ।
असन्तुष्ट धवलशम्शेर राणा पक्षका युवा ज्योति लामाले कार्यक्रम सुरु हुनु अघि माइकमा गएर आफ्ना कुरा राखिरहेका थिए । त्यही क्रममा लिङदेन कार्यक्रम स्थलमा आइपुग्दा लिङदेन पक्षका युवाहरुले उनलाई मञ्चबाट उतार्ने प्रयास गरेका थिए, जसपछि हात हालाहालको स्थिति आएको हो ।
यसअघि पनि केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि औपचारिक कार्यक्रम सुरु नभइसकेकाले माइकिङ गर्दै धैर्यपूर्वक बस्न आग्रह गरिएको थियो ।
राप्रपामा हाल अध्यक्ष राजेन्द्र लिङदेन र धवलशम्शेर राणा (जबरा) पक्षबीच आन्तरिक विवाद छ, जसको प्रभाव युवा संगठनमा पनि देखिएको हो । सुरुबाटै बाक्लो संख्यामा तैनाथ सुरक्षाकर्मीले अहिले स्थिति नियन्त्रणमा लिएका छन् ।








प्रतिक्रिया