वेलनस पर्यटन प्रवर्द्धनमा अग्रता लिँदै नाट्टा, डीएआई ग्लोवल यूकेसँग द्विपक्षिय समझदारी

140
Shares

काठमाडौं । नेपालमा वेलनेस पर्यटन प्रवर्द्धनको नेतृत्व ट्राभल व्यवसायीहरुको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)ले लिएको छ । नाट्टाले आयोग्य पर्यटन प्रवर्द्धन गर्न र यसको विकासका लागि डीएआई ग्लोबल यूकेसँगै नेपाल इन बिजनेससँगै द्विपक्षिय सम्झौता (एमओयु) गरेको छ ।

वेलनेट पर्यटन प्रवर्द्धनका लागि आवश्यक तालिम दिने र दक्ष जनशक्ति परिचालन गर्ने उद्देश्यले पहिलो चरणमा आगामी तीन महिनाभित्रै पहिलो चरणको तालिम दिने भएको छ । यस्तो तालिममा हाललाई २ वटा गर्ने र त्यसपछि थप तालिम दिने विषयमा नेपाल इन बिजनेसमार्फत ग्लोवबल यूकेसँग सहकार्य गर्ने गरी सहमति भएको नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बताए ।

उनका अनुसार एक पटकमा ३५ जनासम्मलाई दिने यो तालिमको प्रभावकारिता हेरेर थप कार्यक्रम अगाडि बढ्ने छ । नाट्टाले गरेको यो सम्झौतामा नाट्टा अध्यक्ष कुमारमणि थपलिया र डीएआईतर्फबाट टोली प्रमुख रतिष बस्न्यातले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपालमा वेलनेस पर्यटन क्षेत्रमा कार्यरत सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न सहकार्य गरिनेछ यसअन्तर्गत पर्यटन प्याकेज निर्माण, विपणन, मान्यता प्रदान तथा प्रमाणिकरण प्रक्रियामा सहयोग पुग्ने भएको छ ।

पर्यटन नीति २०८२ ले आरोग्य पर्यटनलाई जोड दिएको र नेपाल पर्यटन बोर्डले पनि यसैलाई प्राथमिकता राखेर बजेट बनाएको छ । नेपालमा प्रकृतिमा आधारिक पर्यटन बढ्न थालेकोले पनि अवको प्राथमिकता आयोग्य पर्यटनमा हुने र त्यसका लागि नाट्टाले विशेष रुची देखाएर आवश्यक तालिम दिन लागिएको पनि उल्लेख छ ।