नाइमा एक्स्पो: टोयोटाका २६ वटा गाडी बुकिङ

2k
Shares

काठमाडौं । भृकुटीमण्डमा ६ दिनसम्म चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा टोयोटा कम्पनीका २६ वटा गाडी बुकिङ भएको छ ।

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटका अनुसार एक्सपोमा टोयोटाको २६ वटा गाडी बुकिङ भएका हुन् ।

एक्स्पोमा टोयोटाको तीन मोडल यारिस क्रस हाइब्रीड इलेक्ट्रिक, ल्याण्ड क्रुजर २५० प्रदर्शनीमा राखिएका थिए । एक्सपोमा टोयोटाको कुनै पनि बुकिङ गर्ने प्रत्येक ग्राहकले मेगा डिस्काउन्ट, प्लाटिनम कार्डका साथै एक्स्पोमा बुकिङ गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा पाउने टोयोटाले जनाएको थियो ।

टोयोटाको यारिस क्रस हाइब्रिड इलेक्ट्रिकमा ग्राहक तथा अवलोकनकर्ताको उच्च आकर्षण देखिएको थियो । यसको मूल्य १ करोड २९ लाख रुपैयाँ तोकिएको छ ।