साओमी ब्रान्डको स्मार्टफोन बेच्ने कम्पनीको व्यापार २७ प्रतिशतले बढ्यो

217
Shares

काठमाडौं । साओमी ब्रान्डको स्मार्टफोन बेच्ने टेली डाइरेक्ट कम्पनीको व्यापार २७ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा २७ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२३ मा ४ अर्ब ४३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२४ मा ५ अर्ब ६१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै कम्पनीले सन् २०२२ मा ६ अर्ब ८१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२४ मा २.२४ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२३ मा १.३२ प्रतिशत खुद नाफा कमाएको थियो । सन् २००९ मा स्थापना भएको कम्पनी रमेश कर्पद्धारा सञ्चालित कम्पनीद्धारा सञ्चालित कम्पनी हो ।

कम्पनी नेपालको लागि साओमी ब्रान्डको स्मार्टफोन तथा सामग्री बेच्ने आधिकारिक विक्रेता हो । कम्पनीले सन् २०१८ देखि उक्त ब्रान्डको स्मार्टफोनको बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले आयात गर्ने स्मार्टफोनको देशभर वितरक छन् । त्यस्तै, कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ३ प्रतिशतले बढेको जनाएको छ । कम्पनीअनुसार ३ प्रतिशतले परिमाणमा व्यापार बढ्दा १ प्रतिशतले बढी युनिट बिक्री भएको उल्लेख गरेको छ ।

रोहित गुप्ता अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । नेपालमा साओमी ब्रान्डको स्मार्टफोन बिक्री गर्ने आधिकारिक विक्रेता छन् । त्यसमध्ये कम्पनी एक हो । कम्पनीले नेपाली बजारको स्मार्टफोन क्षेत्रमा २८ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीको देशभर ३२ वटा डिलर छन् भने १३ सय आउटलेट छन् ।

कम्पनीले सन् २०१० देखि नोकिया र कलर्स ब्रान्डको मोबाइल फोनको बिक्री वितरण सुरु गरेको थियो । पछि कम्पनीले सन् २०१९ देखि मात्रै सावमी ब्रान्डको स्मार्टफोनको व्यापार गर्न सम्झौता भएको थियो ।