९७ वटा हिमाल आरोहणको रोयल्टी २ वर्षलाई छुट दिने सरकारको निर्णय

350
Shares

काठमाडौं । सरकारले ९७ वटा हिमाल आरोहणमा लाग्ने रोयल्टी दुई वर्षलाई छुट दिने निर्णय गरेको छ । १२ साउन बसेको मन्त्रिपरिषदको बैठकले चालू आर्थिक वर्ष २०८२/८२ र आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कर्णाली र सुदुरपश्चिम प्रदेशका आरोहण खुला भएका ९७ हिमालयका लागि सलामी छुट दिएको छ ।

सरकारले पर्यटन ऐन २०३५ को दफा ३६ तथा पर्वतारोहण सम्बन्धि नियमावली २०५९ को नियम ३२ ले गरेको व्यवस्था अनुसार रोयल्टी छुट दिने र यसको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।