‘विधिसम्मत रुपमा एमालेको सदस्यता नवीकरण गरेको हुँ, अनावश्यक ढंगले विवादमा ल्याइयो’

287
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले विधिसम्मत रूपमा नेकपा एमालेको सदस्यता नवीकरण गरेको स्पष्ट पारेकी छन् ।

सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेपछि पहिलोपट शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पार्टी राजनीतिमा सक्रिय सहभागिता जनाउने लक्ष्यसहित एमालेको सदस्यता नवीकरण गरेको बताइन् ।

तर, पार्टी सदस्यता नवीकरणको विषयलाई अनावश्यक ढंगले विवादमा ल्याउने काम भएको उनको भनाइ छ ।