५० रुपैयाँका ४२ करोड थान नोट छाप्न ग्लोबल टेन्डर आह्वान, कसले पाउला ठेक्का ?

189
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको ४२ करोड थान नयाँ नोट छाप्न ग्लोबल टेन्डर आह्वान गरेको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै टेन्डर आह्वान गरेको हो ।

५० रुपैयाँ दरका नोटहरू डिजाइन, छपाइ, आपूर्ति र वितरण तथा सम्बन्धित सेवाहरूको खरिदका टेन्डर आह्वान भएको हो ।राष्ट्र बैंकले २९ फागुन २०८१ मा प्राविधिक प्रस्तावमा पूर्व योग्यता पूरा गरेको कम्पनीकोहरुको लागि सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।

बोलकर्ताहरूले एउटै समयमा दुईवटा छुट्टाछुट्टै शिलबन्दी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । पूर्वयोग्यता पूरा गरेको कम्पनीले प्राविधिक प्रस्ताव समेटिएको र आर्थिक प्रस्ताव समेटिएको दुईवटा शिलबन्दीबोलपत्र पेश गर्नुपर्नेछ । सूचना प्रकाशन भएको मितिले ४५ दिनपत्र बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्रको कागजात ७ सेप्टेम्बरसम्म खरिद गर्न सकिने बोलपत्र सूचनमा उल्लेख छ । उक्त कागजात खरिद गर्न २० हजार नेपाली रुपैयाँ वा १४६ अमेरिकी डलर भुक्तानी गर्नुपर्नेछ । त्यस्तै १२६ युरो वा १०९ पाउन्ड स्टर्लिङ भुक्तानी गर्नुपर्नेछ । १७ अगस्ट २०२५ मा ‘प्रि बिड मिटिङ’ हुनेछ ।

८ सेप्टेम्बरसम्म डकुमेन्ट खरिद गर्न पाइनेमा ८ सेप्टेम्बरसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । सोही दिन नै शिलबन्दी बोलपत्र खोलिने राष्ट्र बैंकले जनाएको छ ।

बोलपत्र खोलिएको मितिले १२० दिनसमम मान्य हुनेगरी ४ करोड वा सो बराबारमा विदेशी मुद्रा बोलपत्र धरौटीको रुपमा संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ । उक्त बोलपत्रको वैधानिकता अवधि सकिएपछिको ३० दिन अथात् ५ फेब्रुअरी २०२६ सम्म मान्य रहेन सूचनामा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले नोट छपाइको लागि पूर्वयोग्यता पूरा गर्न ६ कम्पनीको सूची यसअघि नै सार्वजनिक गरिसेकेको छ । सोही कम्पनीहरुले मात्रै यसमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

नोट छपाईको लागि राष्ट्र बैंकले तोकेको पूर्वयोग्यता पूरा गर्ने ६ कम्पनीमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् रहेका छन् । यहिमध्ये एक कम्पनीले उक्त नोट छपाइएको जिम्मा पाउनेछन् ।

नयाँ नोटमा गभर्नर डा विश्वनाथ पौडेलको हस्ताक्षर हुनेछ ।

Skip This