
काठमाडौं । पोखरा फाइनान्सलाई नेपाल राष्ट्र बैंकले एक आर्थिक वर्षमै पाँचपल्ट कारबाही गरेको छ । पोखरालाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै जरिवाना गराइएको हो ।
चालु आर्थिक वर्षमा पाँचौ पटक अनिवार्य मौज्दात कामय नगरेको भन्दै ३२ लाख ७७ हजार ६७६ रुपैयाँ जरिवाना गरिएको छ । २०८१ माघ २७ देखि चैत २३ सम्मको अवधिको लागि न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेकाले विद्यमान व्यवस्था बमोजिम जरिवाना गराइएको हो ।
पोखराले २०८१ माघ १३ देखि २६ गते सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै ४६ हजार ७१८ सय रुपैयाँ जरिवाना लगाइएको थियो ।








प्रतिक्रिया