बिमा प्राधिकरणको सञ्चालक सदस्यबाट राधा पोखरेलले दिइन् राजीनामा

448
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक सदस्यबाट राधा पोखरेलले राजीनामा दिएकी छिन् ।

गत चैत १ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट महिला सञ्चालक सदस्यमा नियुक्त भएकी पोखरेलले सञ्चालक सदस्यबाट राजीनामा दिएकी हुन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्षसमेत रहेको पोखरेलले स्वास्थ्य समस्या देखाउँदै सञ्चालक सदस्यबाट राजीनामा दिएकी हुन् ।

पोखरेलको राजीनामा स्वीकृत भइसकेको छ भने वेबसाइटबाट नामसमेत हटाइसकिएको छ ।