
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष लागेपछि पनि लगातर तरलता प्रशोचन गर्न सुरु गरेको छ । केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन बोलकबोलमार्फत् ५६ दिनको लागि ८० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि पछिल्लो २ आर्थिक वर्षदेखि नै लगातार तरलता प्रशोचन गरीरहेको केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा पनि सुरुबाटै तरलता प्रशोचन गर्न लागेको हो ।
चालु आर्थिक वर्ष सुरु भएपछि आइतबार केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको थियो । बुधबार पुनः ८० अर्बको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । उक्त बोलकबोलमार्फत् ५६ दिनका लागि ८० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत तय हुनेछ । बैंकहरुमा निक्षेपको तुलनामा कर्जा लगानी न्युन हुँदा अधिक तरलताको चाप बढरिहेको छ ।
लगानी गर्न नसकेपछि करिब पौने ७ खर्ब रुपैयाँ बैंकहरुले स्थायि निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोलमा लगानी मार्फ राष्ट्र बैंकमा राखेका छन् । ६ साउनको तथ्यांक अनुसार बैंकहरुले लगानी गर्न नसकेर राष्ट्र बैंकमा राखेको रकम ६ खर्ब ७५ अर्ब ३५ करोड छ । बुधबार थप ८० अर्ब तरलता प्रशोचन गर्न केन्द्रिय बैंकले बोलकबोल आह्वान गरेको छ ।










प्रतिक्रिया