नबिल बैंकको ऋणपत्रमा आवेदन खुला

189
Shares


काठमाडौं । नबिल बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले सोमबारदेखि आठ वर्षे अवधिका लागि ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो ।

नबिलले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रीका लागि खुला गरेको छ । जसमध्ये बाट १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता भने प्राइभेट प्लेसमेन्टामा बिक्री गर्ने छ ।

बाँकी रहेको १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता भने कम्पनीले सर्वसाधारणकालागि बिक्री खुला गरेको छ । सो १ अर्ब २० करोडको ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामुहिक लगानी कोषका लागि समेत छुट्याएको छ ।

बैंकले प्रत्येक आर्थिक वर्षको ६–६ महिनामा ब्याज भुक्तानी गर्नेछ । सोमबारबाट खुला भएको ऋणपत्रमा छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्काशनका लागि बैंकलाई रेटिङ दिने संस्था इक्रा नेपालले (इक्राएनपी–आइआर) ए प्लस रेटिङ दिएको । यो रेटिङले दायित्व वहन सम्बन्धमा न्यून जोखिम रहेको अर्थ दिन्छ ।