माधव नेपाल र वामदेवको पार्टीबीच एकता (तस्बिरहरू)

336
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार ती दुई पार्टीबिच राजधानीमा एकता भएको हो ।

एकता घोषणासभामा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका नेता वामदेव गौतम लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम एमालेमै फर्कन चाहे पनि त्यो सम्भव नभएपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

२०७७ पुस ५ मा केपी ओलीले संसद विघटन भएपछि ‘पर्ख र हेर’ को नीति अबलम्बन गरेका थिए । त्यसपछि गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ को नाममा एउटा समूह बनाएका थिए ।

२०७८ भदौमा माधव नेपालले एमालेबाट विभाजन गर्दै एकीकृत समाजवादी गठन गरेका थिए ।