
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल भुक्तानी बढी पारदर्शी हुने भएकोले यसमा केन्द्रीत हुनुपर्ने बताएका छन् । बिहिबार आइएमई पे र खल्तीबीच मर्जरपछिको एकीकृत कार्यक्रम सुभारम्भ समारोहमा बोल्दै मिश्रले यस्तो बताएका हुन् ।
‘नेपाल सरकारले डिजिटल फ्रेमवर्क भन्दै गर्दा हामी राष्ट्र बैंक भुक्तानी प्रणालीमा बढी केन्द्रित हुने गर्दछौं,’ उनले भने, ‘डिजिटल भुक्तानी बढी पारदर्शी हुने भएकोले पनि हामी यो बाटोमा अगाडि बढ्न आवश्यक छ ।’
बैंक वित्तीय संस्थाको मर्जरका क्रममा मर्जपछि एक संस्थाका कर्मचारी आफूहरूलाई दोस्रो किसिमको व्यवहार हुने गरेकोले यस्तो अवस्था सिर्जना हुने अवस्था नगर्न उनले आग्रह गरे । ‘यसका अलावा यो व्यवसायलाई दिगो बनाउने विषय पनि उठ्छ । तर, कुनै पनि व्यवसाय निःशुल्क सेवा दिएर चल्न सक्दैन,’ उनले भने, ‘यसर्थ यसमा सबै जना स्पष्ट हुन जरुरी छ ।’








प्रतिक्रिया