
काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवालाई बैंक तथा वित्तीय संस्थाले धितो लिएर वा नलिईकनै प्रवाह गर्ने पाँच लाख रुपैयाँसम्मको कर्जालाई अब ‘विपन्न वर्ग कर्जा’मा गणना गर्न सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा पुरुष युवाले ३ लाख रुपैयाँसम्म र महिलाले ५ लाख रुपैयाँसम्म ऋण पाउने घोषणा गरेको थियो । जसलाई बिहीबार एकीकृत निर्देशन संशोधन गर्दै कार्यान्वयनमा ल्याइएको हो ।
यसअघि भने वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई धितो लिई वा नलिई उपलब्ध गराएको प्रतिव्यक्ति १ लाख ५० हजारसम्मको कर्जा उपलब्ध गराउने व्यवस्था थियो ।
यो व्यवस्थाले रोजगारीका लागि विदेश जान चाहने तर आर्थिक अभाव भएका युवाहरूलाई सहज हुने बताइएको छ ।








प्रतिक्रिया