
काठमाडौं । राष्ट्रिय स्तरका फाइनान्स कम्पनीलाई पनि अब निक्षेप संकलनमा कुनै सीमा नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको घोषणा कार्यन्वयनको लागि एकिकृत परिपत्रमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकलाई निक्षेप संकलनमा कुनै सीमा नभएपनि फाइनान्स कम्पनीहरुको लागि भने राष्ट्र बैंकले प्राथमिक पुँजीको बढीमा १५ गुणासम्म वित्तीय स्रोत संकलन गन पाउने व्यवस्था थियो । अब राष्ट्रिय स्तरका स्तरका फाइनान्स कम्पनीलाई पनि निक्षेप संकलनमा कुनै सीमा नलाग्ने भएको छ ।
राष्ट्रिय स्तरका फाइनान्स कम्पनी बाहेह अन्य फाइनान्सले भने प्राथमिक पूँजीको १५ गुणासम्म मात्रै वित्तीय स्रोत संकलन गर्न पाउनेछन् । यसरी संकलन गर्ने वित्तीय स्रोतमा ब्याज वा बिना ब्याजमा स्वीकार गरिने कुनै पनि प्रकारको निक्षेप, सापटी र विभिन्न किसिमका ऋण उपकरणहरु हुनेछ ।








प्रतिक्रिया