
काठमाडौं । साउन १ गतेदेखि सेयर धितोमा राखेर २५ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र गर्दै भोलिदेखि लागु हुने गरी यस्तो व्यवस्था गरेको हो ।
तर, सेयर धितोमा राखेर पाइने कर्जाको सीमा मार्जिन प्रकृतिका कर्जाको लागि हो । अन्य प्रयोजनको सेयर धितो कर्जामा सीमा छैन ।
‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड कायम गरिएको छ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।
यसअघि आव २०८१/८२ कोे मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सिंगल अब्लिगर लिमिट १० करोडबाट १५ करोड बनाइएको थियो ।
एकल ग्राहक कर्जामा २५ करोडको सीमा लगाइए पनि संस्थागत ऋणीका लागि कुनै सीमा छैन ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आव २०८२/८३ को मौद्रिक नीति जारी गर्दै यस्तो घोषणा गरेका थिए । पौडेलको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाउने लगायत सेयर बजार मैत्री नीतिका कारण सेयर बजारमा ३ दिन उच्च अंकको सुधार आएको छ भने एक दिन घटेको छ ।








प्रतिक्रिया