
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सशस्त्र प्रहरी बललाई अत्यावश्यक उद्धार सामग्री हस्तान्तरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सामाग्री प्रदान गरे ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका वरिष्ठ प्रहरी अधिकृत तथा कम्पनिका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवी फुयाल र प्रमुख बजार अधिकृत गणेश चौलागाई समेतको उपस्थिति थियो ।
सत्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा मुख्य भुमिकामा रहँदै आएको सुरक्षा निकाय रहेको भन्दै बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित रहेको बताए । त्यसैले यस अभियानमार्फत विपद्पछिको मात्र होइन, पूर्व तयारीमा पनि सशक्त भूमिका खेल्नुपर्ने बताए । उनले कम्पनीले आपतकालीन जोखिम व्यवस्थापनमा योगदान गर्ने उद्येश्यका साथ उक्त सामाग्री उपलब्ध गरिएको जानकारी गराउँदै भविष्यमा पनि आवश्यकताअनुसार सहकार्य गर्दे जाने बताए ।
सन नेपाल लाइफले १४२ शाखा तथा उप शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरुमा पनि सामाजिक हितका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।







प्रतिक्रिया