एमालेको सदस्यता लिन परीक्षा दिनुपर्ने

917
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को सदस्यता लिन परीक्षा दिनुपर्ने भएको छ । अबदेखि एमालेको संगठित सदस्यता वितरणका क्रममा परीक्षा लिइने भएको हो ।

एमाले संगठन विभागको बैठकले यस्तो प्रस्ताव पारित गरेको हो । एमाले महासचिव शंकर पोखरेल र संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

एमालेको संगठित सदस्यता लिन इच्छुकले अनलाइन फर्म भरेर परीक्षा दिनुपर्ने छ ।