बिमा प्राधिकरणका अध्यक्ष ओझाबारे छानबिन गर्न सरकारले बनायो समिति


काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाबारे छानबिन गर्न सरकारले समिति बनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीबारे छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको एक मन्त्रीले क्लिकमान्डुलाई जानकारी दिए ।

उनको कार्यक्षमता र जिम्मेवारी पालनबारे छानबिन गर्न समिति बनाइएको छ । समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य छन् । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् ।

बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।