बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो प्रतिवेदन


काठमाडौं । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुझाव प्रतिवेदन बुझाएको छ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठीत कार्यदलले तोकिएकै दिन प्रतिवेदन बुझाएको छ ।

कार्यदललमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव थिए । केन्द्रीय बैंकले गठन गरेको कार्यदलले गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएकामा आज अन्तिम प्रतिवेदन बुझाएको हो ।