विद्युतको खपत बढाउन ईभीको करलाई स्थिर राखेका हौंः अर्थमन्त्री

0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विद्युतको खपत बढाउनका लागि ईभीको करलाई स्थिर राखिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै बजेट मार्फत नेपालको उर्जा खपत बढाउनका लागि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरेको बताएका हुन्।

मन्त्री पौडेलले आफू करका नीति र करका दरमा स्थिर नीति लिएको बताएका छन् । अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यन्वयन समेत जिम्मेवारी रहेको बताए । आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको बताए ।

बजेटमा टेक एन्ड पेको विषयमा अन्यौल भए पनि स्पष्ट पारेसँगै बैंक तथा वित्तीय संस्था, उर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताएका छन् ।