
काठमाडौं । बोटलर्स नेपालका दुवै कम्पनीको व्यवस्थापन नेतृत्व भारतीय नागरिक अजय चान्बासप्पा कोनालेले सम्हालेका छन् ।
बोटलर्स नेपाल लिमिटेडका सञ्चालक रेडविन एन्टिनियो दुवे बाहिरिएपछि उनको स्थानमा आएका नान्बासप्पालाई दुवै कम्पनीको जिम्मेवारी दिइएको हो ।
यसैगरी कम्पनीको स्वतन्त्र सञ्चालकबाट किशोर कुमार महर्जन भने बाहिरिएका छन् ।
बोटलर्स नेपालको बुधबार बसेको सञ्चालक समितिको बैठलकले भारतीय नागरिक कोनालेलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । बुधबारै बसेको सञ्चालक समिति वैठकले स्वतन्त्र सञ्चालक महतोको राजीनामा स्वीकृत गर्दै कोनालेलाई सञ्चालक बनाउँदै व्यवस्थापनको पनि जिम्मेवारी दिएको हो ।
कोनाले बोटलर्स नेपाल तराईको प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । बोटलर्स नेपाल तराईको बुधबारै बसेको सञ्चालक समितिको बैठकले कोनालेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।







प्रतिक्रिया