नेपाल टेलिकमको ‘एफटीटीएच’ सेवा ८ घण्टा बन्द हुने


काठमाडौं । नेपाल टेलिकमले ललितपुरको पाटन कार्यालयअन्तर्गत एकान्तकुना, थसिखेल, महालक्ष्मी स्थान लगायतका क्षेत्रहरूमा सञ्चालनमा रहेको फाइबर टू द होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत तथा सम्हार कार्य गर्न लागेको छ।

एफटीटीएच मर्मतका क्रममा आज साउन २५ गते (बुधबार) बेलुका ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म मर्मत कार्य हुने भएकाले बिहान ती स्थानहरूमा टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको छ।

सेवा अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति कम्पनीले ग्राहकसमक्ष क्षमायाचना गरेको छ। साथै, जानकारीका लागि ग्राहकलाई समयमै सूचित गरिएको टेलिकमको भनाइ छ।

टेलिकमले निर्धारित समयभन्दा अगावै मर्मत कार्य सकिने सम्भावनासमेत रहेको टेलिकमले जनाएकाे छ । थप जानकारी वा सेवा सम्बन्धी सहायता आवश्यक परेमा ग्राहक सेवा केन्द्र १९७ वा पाटन कार्यालयको ०१–५४५३३६३ मा सम्पर्क गर्न टेलिकमले अनुरोध गरेको छ।

Skip This