बिमकको निरीक्षण र सुपरिवेक्षण प्रभावकारी बनाउने प्राधिकरणको घोषणा, यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ)

112
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को बिमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच बिमा प्राधिरण अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्षको बिमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नीति तथा कार्यक्रममा बिमाको विद्यमान अवस्था सम्बन्धमा अध्ययन/अनुसन्धान गरी बिमितको आवश्यकतानुसार बिमालेख निर्माण गर्ने÷गराउने उल्लेख छ ।

प्राधिकणद्वारा सार्वजनिक कार्यक्रममा सम्पूर्ण बिमकले कम्तीमा एउटा नवीनतम बिमालेख निर्माण गर्ने व्यवस्था मिलाउने, बिमकको लगानी सम्बन्धी विद्यमान कानूनी व्यवस्था समयानुकुल परिमार्जन गर्ने, पुनर्बिमा सम्बन्धी विद्यमान कानूनी व्यवस्था समयानुकुल परिमार्जन गर्ने, घोषणा गरिएको छ ।

यस्तै, बिमा क्षेत्रमा लैगिंक समावेशिता प्रवद्र्धन गर्ने संयन्त्रको विकास गर्ने, नयाँ मृत्युदर तालिका निर्माण गर्ने, लवायु परिवर्तन तथा विपद जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखी कानूनी संरचना निर्माण लगायत अन्य आवश्यक कार्य गर्ने, बिमा सूचना केन्द्र स्थापना सम्बन्धी कार्य गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि नीति तथा कार्यक्रमसँग सम्बन्धित महाशाखालाई जिम्मेवार महाशाखा र सो महाशाखालाई सहयोग तथा समन्वय गर्ने महाशाखालाई सहयोगी महाशखाको रुपमा पहिचान गरिने प्राधिकरण अध्यक्ष ओझाले जानकारी दिए । उनले नीति तथा कार्यक्रमको उपलब्धीलाई सम्बन्धित कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनसँग आवद्ध गरिने पनि बताए ।

यस नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गरिनेछ र कार्यक्रमको समयसीमा तोकी सम्बन्धित महाशाखालाई जिम्मेवार बनाउँदै निरन्तर अनुगमन तथा मूल्याङ्कन गरिने पनि बताइएको छ । वार्षिक बिमा नीति तथा कार्यक्रमको कार्यान्वयनबाट बिमा क्षेत्रको विकास तथा विस्तार हुनुका साथै पहुँच वृद्धि भई बीमाको माध्यमबाट समष्टिगत आर्थिक क्षेत्रको विकासमा समेत सहयोग पुग्नेछ बताइएको छ ।