पार्टीबाट अवकाशबारे देउवाको प्रतिक्रया: म अप्ठ्यारो मान्छे हुँ, अरूले भनेर गर्ने होइन

1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकाशबारे निर्णय अरूको दबाबमा नभई आफ्नै निर्णयमा आधारित हुने बताएका छन् ।

पार्टीको सानेपास्थित कार्यालयमा केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले देउवाको कार्यकाल सकिन लागेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरेपछि देउवाले त्यसको जवाफ दिएका थिए । उनले भने, ‘मैले के गर्छु भन्ने मेरो कुरा हो । म अलि अप्ठ्यारो मान्छे परें । कसैले भनेर गर्ने म होइन ।’

देउवाले पार्टीको विधान र नेपालको संविधानले सभापतिलाई कार्यकाल थप गर्ने व्यवस्था दिएको उल्लेख गरे । ‘पार्टीको विधानअनुसार एक वर्ष, संविधानअनुसार ६ महिना थप्न पाइन्छ । त्यो त पाइन्छ नै भनेको हो नि,’ उनले भने, ‘मैले संविधानको कुरा गरेको हो, संविधान मान्ने कुरा गरेको हो ।’

१५औं महाधिवेशनको मिति तोक्न नेताहरूको आग्रह भइरहेका बेला देउवाले यस्तो जवाफ दिएका हुन् ।