पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न पुगे बालेन, दिए बधाई!

2.1k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छिन् । यही क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेकी छन्।

केही दिनअघि बालेन भण्डारीको निजी निवास भंगालामा पुगेर भेट गरेका थिए । बालेनले यसअघि विद्या भण्डारी राष्ट्रपति हुँदा जलस्रोत विज्ञ सल्लाहकारको रुपमा पनि काम गरिसकेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ९ का नेकपा एमालेका सांसद एवम् पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बालेनलाई भंगाल लगेका हुन् ।

भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकामा पछिल्लो समय देखिएको विवादप्रति चासो व्यक्त गरेकी थिइन् । उनले विशेषगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट किन ल्याउन सकिएको छैन भन्नेबारे मेयर बालेनसँग जिज्ञासा राखेकी थिइन् ।

बानले स्थानीय सरकार र संघीय सरकारको असहयोगले बजेट ल्याउन नसकेको गुनासो भण्डारीसमक्ष पोखेका थिए ।

भेटमा बालेनले पूर्वराष्ट्रपतिलाई सरकारी सेवा-सुविधा त्यागेकोमा बधाईसमेत दिएको स्रोतको भनाइ छ ।