
जनकपुर । नेकपा एमाले सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागिपरेको आरोप लगाएका छन् ।
आइतवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा शक्तिकेन्द्रहरु लागिरहेको आरोप लगाए ।
वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेको उनको भनाइ छ ।
प्रचण्डलाई स्वतन्त्र सांसद, राष्ट्रिय स्वतन्त्र पार्टीहरुले सहयोग गरिरहेको उनको भनाइ छ ।
वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरु पनि रहेको उनको आरोप छ । तर पनि अहिलेसम्म वर्तमान गठबन्धन सरकार प्रतिकुल अवस्थामा नपुगेको उनको दाबी छ ।










प्रतिक्रिया